शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्यः मन्त्री पाण्डे

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्यः मन्त्री पाण्डे

बैशाख २०, २०८२ शनिवार
बैशाख २०, २०८२ शनिवार
  • मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्यः मन्त्री पाण्डे

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए । 

    उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ । संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ । यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ ।’

    Badri  Prasad  Pandey  2.jpg

    यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए ।  उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो । यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन् ।’

    मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ । उनले भने, ‘मैथली भाषा नेपालमा बोलीने भाषामध्ये दोस्रो पनि हो । मलाई एकदमै मन पनि पर्छ । मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरु त्यो आफैंमा अनुकरणिय छन् र निकै महत्वका छन् । हामी सबैले सम्मान गर्नुपर्ने खालका छन् । सिता माता हाम्रो लागि आदर्श पात्रको रुपमा हुनुहुन्छ । हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रुपमा पनि सिता हुनुहुन्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट