शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छः मन्त्री चौरसिया

कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छः मन्त्री चौरसिया

बैशाख २०, २०८२ शनिवार
बैशाख २०, २०८२ शनिवार
  • कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छः मन्त्री चौरसिया

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको बताएका छन् । विधायिकी अन्तरसम्बन्ध र कानुनको मापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले तीनै  तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा संविधानमै तोकिएकोले ती कानुनहरु बनाउन मन्त्रालय सक्रिय रहेको बताएका हुन् ।

    Photo (1) (2).jpg

    उनले भने, ‘तीनै तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा तोकिएको छ । ती कानुनहरु जसमा संघीय कानुनहरुसँग एक अर्काको अधिकारसँग बाझिनु हुँदैन भन्ने कुरा पनि संविधानले व्यवस्था गरेको छ ।  संघ, प्रदेश र स्थानिय तहको अन्तरसम्बन्ध सम्बन्धि कुरा छ ती सम्बन्धमा कानुन बनाउने कुरा छ, ती कानुनहरु कानुन मन्त्रालयले पनि बनाउने कार्य गरिरहेको छ । कानुन मन्त्रालयले संविधान जारी भएपछि २१४ वटा ऐन बनाई सकेको छ । आवश्यकता अनुसार थप कानुनहरु बनाउने व्यवस्थामा हामी लागेका छौं ।’

    साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानिय तह सम्बन्धि कानुन बनाउनुपर्ने  बताए । उनले भने, ‘कानुन बनाउने  कुरा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्छ । कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश सम्बन्धि कानुन बनाउनुपर्यो । अन्तरसम्बन्ध सम्बन्धी कानुन बनाउनुपर्यो, स्थानिय तह सम्बन्धी कानुन केही बनाउनुपर्यो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट