Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम शुक्रबार (वैशाख १९) सार्वजनिक गरिएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को मान्यताअनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले सबैसँग मित्रताको हात अघि बढाइने बताए । छिमेकी मित्रराष्ट्रसँगको पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उनले उल्लेख गरे ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।

त्यस्तै, यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नोस्–