Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिंहदरबारमा ओली र देउवाबीच भेटवार्ता, प्रचण्ड अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको जानकारी छ ।

आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् । 

भेटमा नेताहरुबीच समसमायिक विषयमा छलफल हुन लागेको नेताहरूको सचिवालयले जनाएको छ ।