प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको जानकारी छ ।
आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् ।
भेटमा नेताहरुबीच समसमायिक विषयमा छलफल हुन लागेको नेताहरूको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्