Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कोशी लगानी सम्मेलनको उद्घाटन गर्दै ओलीले भने- राजावादीको आचारण देखियो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गरेका छन् ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गरेका हुन् । सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् । 

asdfgdmfd-1746084796.jpg

सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको चरित्र गएको चैत १५ को घटनामा उदांगो भएको बताएका छन् । उनले भने, “उनीहरूको आचरण चैत १५ मा देखियो । त्यो भुल्किओ अनि सकियो । समाप्त भयो ।”

आफ्ना विचार राखेकै भरमा राजावादीले लखेटेको र कलाकारका चलचित्र, गीत, भिडियो नहेर्नू भनेको उनले उल्लेख गरे । “हाम्रोमा राजा बन्ने व्यवस्था छैन भन्दा लखेटेका छन्, उही पुरानो पञ्चायती दिन सम्झिएका छन्,” उनले भने, “अधिनायकवादी चरित्र देखाएका छन् ।”

नेपालमा उपयुक्त वातावरण भएकाले ढुक्कसँग लगानी गर्न उनले आह्वान गरे ।