शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो छैन् त्यसैले सगरमाथा नै भनौं - प्रधानमन्त्री ओली

माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो छैन् त्यसैले सगरमाथा नै भनौं - प्रधानमन्त्री ओली

बैशाख १८, २०८२ बिहिवार
बैशाख १८, २०८२ बिहिवार
  • माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो छैन् त्यसैले सगरमाथा नै भनौं - प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका छन् । कोशी प्रदेशको आयोजनामा आजबाट वीराटगनरमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने,‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।’

    सो क्रममा उनले ती एभरेष्ट नाम गरेका व्यक्ति हिमाल चढेको व्यक्ति पनि नभएको जिकिर गरे । उनले माउन्ट एभरेष्ट नै नक्कली नाम भएको बताए । सोलुखुम्बुमा अवस्थित सर्वोच्च शिखरलाई सगरमाथा नै भन्नुपर्ने उल्लेख गरे । एभरेष्ट भन्ने व्यक्तिले सगरमाथा नभएर अर्को हिमाल अग्लो भनेका थिए भन्दै ओलीले असन्तुष्टि पोखे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार