Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । अनधिकृत रुपमा सर्वोच्चका शाखा अधिकृतले पठाएको पत्रपछि पक्राउ परेका चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

सर्वोच्च अदालतले यसअघि लेखेको पत्र अनधिकृत भएको भन्दै पक्राउ परेका चौधरीलाई रिहा गर्न पत्र पठाएपछि कारागारले केहि बेरअघि रिहा गरेको हो । चौधरी रिहा हुनेक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । 

त्यस्तै अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखिएको छ । उनले आफूखुशी पत्र लेखेको बयान प्रहरीलाई दिएका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको स्थल प्रज्ञा भवनबाट चौधरीलाई सादा पोषाकमा आएका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए ।

उनको पक्राउसँगै आज हुने भनिएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता स्थगित भएको थियो ।