Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेशमलाई पक्राउ गर्न पठाइएको पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नू - सर्वोच्च

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पठाइएको पत्र अनधिकृत रहेको बताएको छ ।

बुधबार एक विज्ञप्तिमार्फत सर्वोच्चले पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ । अनधिकृतरूपमा पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रक्रिया थालिसकेको सर्वोच्चले जनाएको छ ।

Resham.jpg

"यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको," सर्वोच्चले भनेको छ ।