Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेशम चौधरी आजै रिहा हुने, सर्वोच्चले पत्र सच्याएर पठायो

रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने विष्ट आफैँ पक्राउ

सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो ।

नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।