Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेशमलाल चौधरी पक्राउ परेपछि रोकियो जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता

चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित भएको छ । नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीच एकता नहुने भएको हो । 

सर्वोच्च अदालतको फैसला अनुसार कमलादीबाट चौधरीलाई पक्राउ परेर डिल्लीबजार कारागार लगिएपछि आज हुने भनेको एकता घोषणा कार्यक्रम स्थगित भएको हो । 

कार्यक्रम स्थगित भएको जानकारी जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन्। उनले सरकारले प्रतिशोध साँधेर पार्टी एकताकै दिन रेशम चौधरीलाई पक्राउ गरेको भन्दै कार्यकर्ताहरूलाई आआफ्नो घर जान आग्रह गरेका छन्।   

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।