Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पार्टी एकीकरणका लागि प्रज्ञा भवन पुगेका रेशम चौधरी पक्राउ

पार्टी एकीकरणका लागि प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बाह्रखरीलाई जानकारी दिए । चौधरीलाई डिल्लीबजार कारागार पठाइएको बताए । 

राष्ट्रिय जनमत पार्टीसँग एकता गर्ने भनिएको दिन उनलाई पक्राउ गरिएको हो । पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो । 

सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा रहेका दुई पार्टीबीच आज एकता हुँदै छ ।