शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शहीदका सपना पूरा गर्छौं, गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन - प्रचण्ड

शहीदका सपना पूरा गर्छौं, गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन - प्रचण्ड

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • शहीदका सपना पूरा गर्छौं,  गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन - प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका दाहालले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

    अध्यक्ष दाहालले शहीद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । शहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको उल्लेख गरे । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए ।

    उक्त अवसरमा उनले शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैबीच, दाहालले बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको उद्घाटन गरे । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरे ।

    अध्यक्ष दाहालले आजै पुनर्वास नगरपालिका– ५ शोभाताल प्राङ्गणमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरेका थिए । भेटमा उनले शहीदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट