Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भाजपा नेता विजय चौथाईवा काठमाडौंमा, शिर्ष नेताहरूसँग भेटघाट गर्ने

 भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आइपुगेका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि उनी आज बिहानै काठमाडौं आइपुगेका हुन् । तीन दिनको बसाइँमा विजयले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ । विजय शुक्रवार भारत फर्किनेछन् ।