Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विभिन्न चरणमा वार्ता हुँदा पनि अहिलेसम्म शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन् ।