Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

सुन आयातको स्वीकृतिका लागि सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले आयातकर्तालाई सिफारिस शुल्क नदिन आग्रह गरेको हो । 

बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई निःशुल्क सेवा दिन समेत निर्देशन दिएको छ । सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ रहेको छ। 

उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको छ ।