शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गगन थापासँग सर्वोच्चले माग्यो लिखित जबाफ

गगन थापासँग सर्वोच्चले माग्यो लिखित जबाफ

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • गगन थापासँग सर्वोच्चले माग्यो लिखित जबाफ

    सर्वोच्च अदालतले अदालतको अवहेलना रिटमा सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ मागेको छ । आज (मंगलबार) अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो ।

    सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको हो । ‘आफै‌ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईकेलले सुनाए । आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको रिट दर्ता भएको थियो । अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए ।

    संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए । संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो । अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार