शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचण्डले लिए भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व

प्रचण्डले लिए भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • प्रचण्डले लिए भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

    भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।

    उनले ति बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार