Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका हुन् । 

सञ्चार मन्त्री  गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने छन् । 

मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको  उनले बताए । आजको बैठकमा शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए ।