Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाकः रामवरण यादव

प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् । आज सोमबार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले देशको अर्थतन्त्र धरासाही भएको भन्दै यसको ठूलो कारण शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु भएको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्र र कृषि धरासाही भएको छ । यसलाई अहिलेको परिवर्तनले हेर्नुपर्ने अवस्था आएको छ । उद्योग धरासाही भएको छ । अर्को कुरा सबैभन्दा ठूलो गल्ती शिक्षा र स्वास्थ्यको बारेमा भएको छ । शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर जुन गयौ, त्यो सबैभन्दा खतरनाक कुरा हो ।’

यस्तै, उनले निम्न वर्गिय समुहको मान्छेले निजी विद्यालय र अस्पताल जान सक्ने अवस्था नभएको भन्दै शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनु पर्ने बताए ।  उनले भने, ‘निम्न वर्गिय समुहको बाल बच्चाहरु सामुदायिक विद्यालयमा जान्छ । त्यहा राम्रो हुदैँन् निजीमा पढाउन सक्दैनन्, अस्पतालको कुरामा देशभरमा अस्पताल छ । तर सरकारीको अवस्था राम्रो छैन निजीमा जान सक्ने अवस्था छैन् त्यसकारण शिक्षा स्वास्थ्य र कृषिको ध्यान दिएर पर्यावरणमैत्रि विकास गर्नुपर्छ ।’

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोईरालाले शिक्षकहरूमाथि भएको बर्बरता निन्दनीय मात्रै नभई घृणित पनि भएको भन्दै यो नेपाली काँग्रेस जस्तो पार्टीले सहन नसक्ने बताएका छन् । उनले सरकार बाहिर भएका साथिहरुले सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट राख्नुपर्ने बताए ।