मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न महत्वपूर्ण निर्णय गर्ने जानकारी छ।

देशभरबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।