हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।
भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो ।
त्यसअघि मिश्र र दुर्गा प्रसाईंको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्