Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राजेन्द्र लिङ्देनले भेटे हिरासतमा रहेका रवीन्द्र मिश्र, के भयो कुराकानी?

हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका छन् । 

भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको  बताइएको छ । 

लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो ।

त्यसअघि मिश्र र दुर्गा प्रसाईंको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।