Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।

Photo.jpeg

जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको  छ । 
नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् । 

Photo2.jpeg

नाटकको मुख्य भूमिकामा अभिनेत्री  रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।