शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

    यामाहा नेपालले काठमाडौं उपत्यकाका मोटरसाइकल र स्कूटर पारखीहरूका लागि नयाँ तथा रोमाञ्चक एक्सचेन्ज अफर घोषणा गरेको छ। कम्पनीले आजदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा यो आकर्षक अफर लागू हुने जनाएको छ।

    यामाहा ब्लु फेस्टको भव्य सफलतापछि पुनः ग्राहकहरूलाई उत्साह र नविन अवसर दिन कम्पनीले एक्सचेन्ज योजना ल्याएको हो। यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५,००० रुपैयाँको भ्यालुएसन प्राप्त गर्न सकिनेछ। साथै, थप १०,००० रुपैयाँ अतिरिक्त भ्यालुएसनको सुविधा पनि प्रदान गरिनेछ।

    ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् भने केवल ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ यामाहा सवारी साधन किन्न सक्नेछन्।

    साथै, अफर अवधिभर १ लाख रुपैयाँसम्मको निश्चित छुट तथा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता आकर्षक निःशुल्क एसेसरिजहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट