Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भूकम्पमा परेर अपाङ् भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल

जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।  शुक्रबार बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् । 

Photo (10).jpg
उनले भने, ‘जयमहाकाल युवा समुहद्वारा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएका छन्, उहाँहरुका लागि चौथो ह्विलचियर बास्केटबलकोे आयोजना गरिएको हो । भूकम्पमा परेर अंगभंग भएकाहरुलाई कसैले वास्ता नगरेको भएर युवा समुहले कार्यक्रमको आयोजना गरेको हो ।’

Photo (9).jpg

उनले भूकम्पमा परेर आफ्नो अंग गुमाउनु भएकाहरुलाई जीवनयापन गर्न हौसला दिनको लागि पनि प्रतियोगिताको आयोजना गरेको बताए ।  अहिलेलाई केही जिल्लाका मात्र छन् भने आउँदो समयमा ७७ वटै जिल्लाका मानिसलाई सहभागी गराएर प्रतियोगिता गर्ने पनि उनको भनाइ छ ।