Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

२४ औं दिन पनि शिक्षकहरु सडकमा, चर्को घाममा नाचगान(फोटोफिचर)

शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रबार) २४ औैं दिन पनि जारी राखेका छन् ।  नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।

Photo (11).jpg

आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।

Photo (19) (1).jpg

शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाबमूलक गीतहरु बजाएर नाचगान गरेका हुन् । 

Photo (14).jpg

शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

Photo (19) (1).jpg

शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।