Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

साताको अन्तिम दिन हेर्नुहोस् कति छ सुनको भाउ?

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार एकतोला सुनमा एक हजार रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो ।

त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो । मंगलबार भने एक तोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ । आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।