शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गठबन्धन सरकारको परिकल्पना र प्राथमिकता ओझेलमा परेको छः पुष्पा भुसाल

गठबन्धन सरकारको परिकल्पना र प्राथमिकता ओझेलमा परेको छः पुष्पा भुसाल

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • गठबन्धन सरकारको परिकल्पना र प्राथमिकता ओझेलमा परेको छः पुष्पा भुसाल

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले संविधान कार्यान्वयनमा धेरै चुनौतिहरु देखा परेको बताएकी छन् । आज बिहीबार उनले संविधान कार्यान्वयनमा देखा परेका  चुनौतिहरुलाई व्यवस्थापन गर्नको लागि सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने बताएकी हुन् ।

    उनले भनिन्, ‘संविधान कार्यान्वयनमा जुन चुनौतिहरु देखा परेका छन् त्यसलाई  व्यवस्थापन गर्न सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने अवस्था छ । दुई ठूला पार्टीहरु मिलेर बनेको गठबन्धनको सरकारको जुन परिकल्पना र प्राथमिकता थियो त्यो ओझेलमा परेको छ । जनताका विषयवस्तु ओझेलमा परिरहेका छन् ।’

    साथै उनले लोकतन्त्रले गर्दा आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म पूरा भएको बताइन् । उनले अझैं पनि नयाँ पुस्ताले चाहे अनुसारको परिवर्तन देशमा प्राप्त गर्न नसकिएको बताइन् । उनले भनिन्, ‘आज हामी लोकतन्त्र दिवस मनाइरहदा लोकतन्त्रको उपलब्धिलाई एउटा राजनीतिक रुपान्तरणका रुपमा लिएका छौं । जसले मुलुकलाई एउटा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो । र अर्कोतिर द्न्द्लाई समाप्त गरेर शान्तितिर मुलुकलाई प्रवेश गरायो । यो हाम्रो उपलब्धि हो । संस्थागत गर्नका लागि संविधान पनि बन्यो, समावेशी प्रतिनिधित्व पनि भयो तर  आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म मात्र उपलब्धि भएको छ । अहिलेका नयाँ पुस्ताले प्राप्त गर्नुपर्ने परिणामहरु प्राप्त गर्न सकेका छैनन् ।  पिछडिएका महिलाहरु जुन राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धिहरु हासिल गर्नुपर्नेमा केही चुनौतिहरु देखा परेको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार