शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गरे । 

    पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भत्र्सना गरेको अध्यक्ष लिङ्देनले बताए । उनले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतङ्ककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गरे । 

    “यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । 

    साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट