Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एकैदिन ७५ सयले घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।