Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मन्त्रिपरिषद् हेरफेर: रघुजी पन्त इन्, कान्छाराम आउट

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन्।

यसअघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन्। उनको शपथग्रहण भोलि बिहीबार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। 

2082-1-10_मनतरपरषद_गठन-वजञपत_iwO7CYRCD1.jpg