Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि शपथ

 नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ ।

उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।