Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्री ओलीले गरे नरेन्द्र मोदीसँग टेलिफोन संवाद, के भयो कुराकानी?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

जम्मू–काश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि त्यस घटनालाई लिएर उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बुधबार टेलिफोनमा कुराकानी भएको हो।

प्रधानमन्त्री ओलीले घटनालाई लिएर समवेदना प्रकट गरेका छन् । उनले जघन्य अपराधका विरूद्धमा नेपाल–भारतसँग एकसाथ रहेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्‍त्री मोदीले पनि नेपाली नागरिकको मृत्यु भएको घटनामा पनि समवेदना प्रकट गरेका हुन् ।