शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

परराष्ट्रमन्त्रीद्वारा जम्मु कश्मीर हमलाप्रति दुःख व्यक्त

परराष्ट्रमन्त्रीद्वारा जम्मु कश्मीर हमलाप्रति दुःख व्यक्त

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • परराष्ट्रमन्त्रीद्वारा जम्मु कश्मीर हमलाप्रति दुःख व्यक्त

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छन्। 

    सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छन् । साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेकी छन् ।

    ‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उनले लेखेकी छन् । परराष्ट्रमन्त्री डा. देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छन् । 

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट