शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतका प्रधानमन्त्रीले नेपालका धार्मिकस्थलको प्रचार गर्छन्, हाम्रालाई मतलव छैनः धनराज गुरुङ

भारतका प्रधानमन्त्रीले नेपालका धार्मिकस्थलको प्रचार गर्छन्, हाम्रालाई मतलव छैनः धनराज गुरुङ

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • भारतका प्रधानमन्त्रीले नेपालका धार्मिकस्थलको प्रचार गर्छन्, हाम्रालाई मतलव छैनः धनराज गुरुङ

    सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरूको तपोभूमि भए पनि सरकारले प्रचार गर्न नसकेको बताएका छन्। मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरूले चासो नदिने गरेको उल्लेख गरे। उनले नेपालका धामहरूको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरू भित्र्याउन सकिने बताए । पशुपतिनाथमा चढाएको जलहरीको विषयमा नेपालीहरू आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ ।

    नेपालको धार्मिक स्थलहरूको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने बताए । उनले सरकारले भारतीय सेनामा नेपालीहरूलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरूमा नेपालीहरू सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गरे । उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताए ।

    उनले आफूले केही नगर्ने र अरुले सबै गरिदिनु पर्ने सोच राखेर हिँड्न नहुने बताए । उनले नेतृत्वमा बसेकाहरूले आफ्नो भमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गरे ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार