शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जम्मु–कश्मीरमा मृत्यु भएका नेपाली बुटवलका, अर्का नेपाली पनि घाइते

जम्मु–कश्मीरमा मृत्यु भएका नेपाली बुटवलका, अर्का नेपाली पनि घाइते

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • जम्मु–कश्मीरमा मृत्यु भएका नेपाली बुटवलका, अर्का नेपाली पनि घाइते

    जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलाबाट मृत्यु भएका एक नेपालीको ठेगाना खुलेको छ । मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रहेका छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको पाइएको छ । हमलामा २६ जनाको ज्यान गएको थियो ।

    त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको सूचीमा पाण्डेको नाम पनि उल्लेख छ । घाइते भएकी उनको अवस्था स्थिर रहेको छ । सैनिक पोशाकमा पाँच बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार