Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तोलामै सात हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ ।

मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।