Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा सर्‍यो, २१ गतेदेखि हुने

ओलीले परीक्षा सार्न दिएका थिए निर्देशन

वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

मंगलबार साँझ बसेको बोर्डको बैठकले यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् । 

“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भनेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।

शर्माका अनुसार, परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । “वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ,” उनले भने, “परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।”