Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

विश्वको अग्लो स्थानमा पहिलोपटक जिप

डोल्पाको छार्काताङसोङ गाउँपालिकाको छार्काभोटमा पहिलोपटक पुग्यो बोलेरो जिप ।

समुद्र सतहदेखी चार हजार तीनसय मिटरको उचाइमा पर्ने विश्वकै अग्लो मानव बस्ती रहेको छार्काभोटमा गण्डकी करिडोर हुँदै मुस्ताङबाट दुईवटा जिप सोमबार माथिल्लो डोल्पा पुगेका हुन।

दुई वटा जिपले छार्काताङसोङ, डोल्पोबुद्व र शे–फोक्सुण्डो गाउँपालिकाभित्र आन्तरिक यातायात सेवा प्रदान गर्नेछन् । पहिलोपटक दुईवटा जिप पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।

तस्बिरः लेखबहादुर बुढा