शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश, अब आदेशका लागि संयुक्त इजलासमा जाने

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश, अब आदेशका लागि संयुक्त इजलासमा जाने

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश, अब आदेशका लागि संयुक्त इजलासमा जाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब आदेशका लागि संयुक्त इजलासमा जाने भएको छ । 

    रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको हो । संयुक्त इजलासमा पठाउने आदेशसँगै अब नयाँ पेसी तोकिने भएको छ । 

    कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिईन् । सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा रवि पूर्वपक्षका लागि थुनामा छन् । 

    यसअघि लामिछानेले ७३ नम्बर निवेदनमार्फत उच्च अदालतको आदेश बदरको माग गरेका थिए । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट