शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकियो, आजै फैसला आउने!

रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकियो, आजै फैसला आउने!

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकियो, आजै फैसला आउने!

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ ।

    सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ ।

    लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् ।  सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट आइतबार दर्ता भएको थियो ।

    लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार