शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने

कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने

    कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको र सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ, त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

    शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने शंकाबीच परीक्षा बोर्डले यस्तो निर्णय गरेको हो । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार