Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्नसक्छः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् । भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको माक्र्सवादी सिद्धान्तको विकास गर्नुभयो। पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ । मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छु, शुभकामना सन्देशमा उनले भनेका छन् ।


सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिष्ट पार्टीको स्थापना भएको पनि उनले उल्लेख गरेका छन् ।

 

p(25).jpg