Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चन्द्रकला पौडेल सचिवमा बढुवा

 सरकारले चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव पौडेलसहित सहसचिवद्वय शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएका थिए ।