Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ठगी आरोपमा ‘नक्कली’ महिला उपसचिव पक्राउ

आफूलाई नेपाल सरकारको उपसचिव भएको बताउँदै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 

दैलेख दुनेचौर गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–२५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

जानकीले आफूलाई कानून मन्त्रालयको उपसचिव भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै एयरपोर्टको विभिन्न ठेक्का मिलाइदिने भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ ठगेको एसपी अंगुर जिसीले जानकारी दिए। 

प्रहरीका अनुसार उनले त्रिभुवन विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाइ दिने र त्यसका लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै उक्त रकम ठगेकी हुन्। न्यौपानेमाथि ठगीसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान थालेको छ ।