Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अमिनविरुद्ध ३ करोड २९ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्दा, सम्पत्ति श्रीमतीको नाममा राखेको पुष्टि

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना (गौरीघाट) मा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड २९ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा यादवको तलब, भत्ता र अन्य वैध कारोबारबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ आम्दानी देखिएको भए पनि, सो अवधिमा उनले ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ खर्च गरेको पाइएको आयोगले जनाएको छ ।

आय र व्ययको फरकलाई गैरकानुनी सम्पत्ति ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरेको हो । यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सो सम्पत्ति श्रीमती अमृताकुमारी यादवको नाममा समेत राखेको पुष्टि भएको भन्दै आयोगले उनीमाथि पनि प्रतिवादी कायम गरी मुद्दा अघि बढाएको छ ।