Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एकजना पक्राउ

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान विजुलीबजारमा भइरहेको शिक्षक प्रदर्शनका क्रममा शिक्षकहरुका विरुद्ध नाराबाजी गरेपछि आन्दोलनरत शिक्षकहरुले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीको जिम्मा लगाउनु अघि शिक्षकहरूले उनीमाथि सामान्य कुटपटि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि समेत शिक्षकहरू उनीमाथि झम्टिन पुगेका थिए ।

पक्राउ परेका ती व्यक्तिले आफू विद्यार्थीको अभिभावक भएको बताएका छन् ।