Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा परेको छ । सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । 

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेले यसअघि ७३ नम्बर निवेदन लिएर सर्वोच्च गइसकेका छन् । 

उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ।  उक्त आदेशपछिको सुनवाई नहुँदै रविका तर्फबाट श्रीमती निकिताले बन्दी प्रत्यक्षकरणको रिट दायर गरेकी हुन् । रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ। 

आइतबार दर्ता भएको रिटमा सर्वोच्चले आजको पेसी दिएकोमा न्यायाधीश हरि फुयालको इजलासमा हेर्न नमिल्नेमा परेको हो ।