Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नक्कली परीक्षार्थी बनेर अर्कै व्यक्तिको जाँच दिने एमालेनिकट अनेरास्ववियुका स्ववियु सचिव गोपालबहादुर शाही निष्कासित

नेकपा एमालेनिकट अनेरास्ववियुले अस्कल क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाहीलाई निष्कासन गरेको छ ।

प्रहरी जवान पदको जाँचमा नक्कली परीक्षार्थी बनेर अर्कै व्यक्तिको जाँच दिइरहेको अवस्थामा प्रहरीले रत्नराज्य स्कुल मध्यबानेश्वरबाट पक्राउ गरेपछि अनेरास्ववियुले उनलाई सचिव पदबाट निष्कासन गरेको हो ।

शाही गत स्ववियु निर्वाचनमा अस्कल क्याम्पसको सचिव विजयी भएका थिए । अनेरास्ववियुको अस्कल क्याम्पस कमिटीले विज्ञप्ति जारी गर्दै शाही हाल थुनामा रहेको र अनुसन्धानलाई सघाउ पुर्याउन क्याम्पस कमिटीको सचिव पदबाट निष्कासन गरिएको जानकारी दिएको छ ।

‘विभिन्न अनलाइन मिडियाले अमृत क्याम्पस कमिटीका सचिव गोपालबहादुर शाहीका बारेमा छापेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०८२ वैशाख ६ गते पक्राउ गरेका व्यक्तिहरूसँग भएको फोन सम्पर्कका आधारमा अनेरास्ववियु अमृत क्याम्पस कमिटी सचिव गोपालबहादुर शाहीलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेको हुनाले अनुसन्धानमा सहयोग पुर्‍याउनलाई अनुसन्धान अवधिभर क्याम्पस कमिटीको सचिव पदबाट मुक्त गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।