Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९१ हजार रुपैयाँ

नेपाली बजारमा आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५ दशलमव १३ अमेरिकी डलर र चाँदी ३२ दशलमव ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।