Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदा सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

Subedar2025-04-20-18-06-00.jpg

सोही अनुसार बढुवा भएका प्रमुख सुबेदार-सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।